Sat. Mar 15th, 2025

साउदी अरबले लेवनानविरुद्ध युद्ध छेडेको हिजबुल्ला नेताको आरोप

२५ कात्तिक, रियाद – 

लेबनानका हिजबुल्ला नेता हसन नसरल्लाहले साउदी अरबले लेबनानविरुद्ध युद्ध छेडेको आरोप लगाएका छन् ।

लेबनानका प्रधानमन्त्री साद अल हरीरीले राजीनामा दिएपछि हिजबुल्ला नेताको यस्तो अभिव्यक्ति सार्वजनिक भएको हो । लेबनानी प्रधानमन्त्री हरीरीले साउदी अरबको राजधानी रियादबाट आफ्नो राजीनामा पत्र पठाएका थिए ।

हिजबुल्ला नेता हसन नसरल्लाहले साउदी अरबले हरीरीलाई जबरजस्ती रोकेर राखेको र लेबनानविरुद्ध इजरायललाई भड्काएको आरोप लगाएको बीबीसीले लेखेको छ । शक्तिशाली हिजबुल्ला शिया आन्दोलनलाई इरानको समर्थन छ जो लेबनान र यस इलाकामा तनाव बढाउनका लागि साउदी अरबको जिम्मेवार ठहर्याएको छ ।

२०७४ कात्तिक २५ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: