Tue. Nov 26th, 2024

पशुपति मन्दिरमा धार्मिक महोत्सव, ५० लाख भन्दा बढी रकम संकलन

सृजना लंम्साल/ २४ कात्तिक, धादिङ –

धादिङको नीलकण्ठ नगरपालिका १२ स्थित पशुपति मन्दिरमा आयोजना गरिएको धार्मिक महोत्सव तथा महायज्ञमा ५० लाख भन्दा बढि दान संकलन गरिएको छ ।

धादिङ, निलकण्ठ नगरपालिका धार्मिक महोत्सव एवम् महायज्ञ सम्पन्न समितिको आयोजनामा निर्माणधिन रहेको विन्दुकेशरा वृद्धाश्रम सम्पन्न गर्ने उदेश्यका साथ कात्तिक १६ गतेदेखि सुरु गरिएको महायज्ञ शुक्रबार सकिएको छ ।

महायज्ञमा बाल तपस्वी पण्डित श्री उत्तम भट्ट जी महाराजको मुखारबिन्दराट कथा प्रवचन गरिएको थियो । धार्मिक महोत्सव हेर्नको लागि विभिन्न जिल्लावाट भक्तजनहरुको उपस्थित थिए । महायज्ञको अन्तिम दिन सम्म २० लाखको नगद संकलन भएको छ ।

सवैभन्दा वढि दान गर्ने निलकण्ठ १२ का केशव रिजाल र अम्विका रिजाल दम्पती रहेका छन् । उनले १ लाख २७ हजार नगद सहित ६ लाख आनाको ४ आना जग्गा दान गरेका छन् । यसैगरी निलकण्ठ १२ का वद्रि प्रसाद लम्सालले १ लाख २५ हजार दान गरेका छन् ।

महायज्ञको अन्तिम दिन विन्दुकेशरा वृद्धाश्रम निर्माणको लागि नेपाली काङग्रेसका शभापति रमेश धमलाले रु ५५ हजार दान गरेका छन् ।  जग्गा र रुपयाँ गरेर ५० लाख भन्दा वढि सहयोग प्राप्त गरेको आयोजकले जनाएको छ ।

२०७४ कात्तिक २४ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: