Wed. Nov 27th, 2024

सुनौलाबजार खोपयुक्त घोषणा

२४ कात्तिक,  धादिङ –

धादिङको नीलकण्ठ नगरपालिका वडा नं ४,६ र ७ वडा (साविकको सुनौलाबजार गाविस) पूर्णखोपयुक्त घोषणा गरिएको छ ।

वडामा रहेका १२ महिना देखि २३ महिनासम्मका वालवालिकाले एक वर्ष मुनी लिनु पर्ने सवै खोप लगाएको प्रमाणित भएपछि विहिबार खोपयुक्त घोषण गरिएको हो।

‘स्थानिय स्वामित्व र सहभागीता पूर्ण खोप सुनिश्चितता सुनौलाबजारबासीको प्रतिबद्धता’ भन्ने नाराका साथ नीलकण्ठ नगरपालिका सुनौलाबजार स्वास्थ्यचौकीको आयोजनामा कार्यक्रम संचालन गरिएको हो ।

एक वर्ष मुनीका वालवालिकालाई लगाउनु पर्ने खोप विसिजी एक मात्रा, हेपाटाएटिस वी एक मात्रा, हिमो फिलस इन्फ्रिन्जा एक मात्रा, पोलियो एक मात्रा, दादुरा तथा रुवला एक मात्र, र डिपीटी एकरएक मात्र खोप लगाएको अनुगमन पछि खोपयुक्त घोषणा गरिएको सुनौलाबजार स्वास्थ्य चौकीले जानकारी दिएको छ ।

२०७४ कात्तिक २४ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: