Fri. Mar 7th, 2025

नेपालले बंगलादेशलाई दियो १ सय ५४ रनको लक्ष्य

१६ कात्तिक, काठमाडौँ

यू–१९ एसिया कपको तयारीका क्रममा बंगलादेश गएको नेपाली टोलीले पहिलो अभ्यास खेलमा घरेलु टोलीलाई १ सय ५४ रनको लक्ष्य दिएको छ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ९ विकेट गुमाएर १ सय ५३ रन मात्रै बनाउन सक्यो।

नेपालले दोस्रो ओभरमै ओपनर सन्दीप सुनारलाई गुमाएको थियो। टोलीको २ रन हुँदा काजी अनिकले सन्दीपलाई १ रनमा बोल्ड गरे।

सम्हालिएर ब्याटिङ गरिरहेका अनिल साह १८ रनमा आउँट हुदा नेपालले १० ओभरमा दुई विकेट गुमायो। कप्तान दीपेन्द्र ऐरी र आसिफ खेलको जोडी मैदानमा हुँदा १३ ओभरमा नेपालले ५० रन पुरा गरेको थियो।

कप्तान दीपेन्द्र ऐरीले १६ रन जोडे आउँट भएको अर्को बलमा रोहित पौडेल खाता नखोली पवेलियन फर्किए। क्रिजमा आएका भिम सार्कीले नेपालको स्कोर अगाडी बढाउँदा २६ ओभरको तेस्रो बलमा ओपनर आसिफ सेख ३२ रनमा थर्डम्यानको हातबाट क्याच भए।

नेपालका अन्य ब्याट्सम्यानहरु भिम सार्कीले २८, पवन सरार्फले १९, कमलसिंह एेरीले १७ सहाब आलमले ६ रन जोडे।

बंगलादेशका हसन मोहमुद र काजी अनिकले ३ विकेट लिए।

 

२०७४ कात्तिक १६ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: