Fri. Mar 7th, 2025

कीर्गिस्तानसंग नेपाल २–० ले पराजित

 

१४ कात्तिक, काठमाडौँ

एएफसी यू–१९ च्याम्पियनसिप छनोटको पहिलो खेलमा नेपाल आयोजक कीर्गिस्तान २–० ले पराजित भएको छ।

बिस्केकस्थित डोलेन ओमुरजाकोभ स्टेडियममा भर्खरै सम्पन्न खेलमा पहिलो हाफमा १–०ले पछि परेको नेपालले दोस्रो हाफको थपिएको समयमा थप एक गोल व्यहोर्न पुग्यो।

खेलको २१ औं मिनेटमा कीर्गिस्तानका बोरुबेन गलगियिटले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। नेपाली खेलाडीलाई बिट गराउँदै एक्लै बल अगाडी बढाउने क्रममा उनले पेनाल्टी एरियाबाट प्रहार गरेको सट गोलमा परिणत भएको थियो।

दोस्रो हाफमा नेपाली कप्तान तथा गोलकिपर अर्पण कार्कीको गल्तीका कारण नेपालले गोल व्यहोर्नु पर्यो। निर्धारित समयमा थप गोल हुन नसकेको अवस्थामा थपिएको समयको अन्तिम मिनेटमा सुकुरोभ अलिमारर्दोनले गोल गरे।

अन्तिम मिनेटमा गोलपोस्ट भन्दा निकै बाहिर आएका नेपाली गोलकिपरले आफू नजिक आएको बललाई हेड गर्द क्लियर गर्न खोजेका थिए। नजिकै खसेको बललाई सुकुरोभले पोस्ट तर्फ प्रहार गरे जुन अर्पणको हातमा लाग्दै पोस्टभित्र गयो।

२०७४ कात्तिक १४ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: