Fri. Mar 7th, 2025

किर्गिस्तानसँग भिड्दै नेपाल

१४ कात्तिक, काठमाडौं –

उन्नाइस वर्षमुनिको एसिया कप फुटबलको छनौटमा नेपालले सोमबार किर्गिस्तानसँग खेल्दैछ ।

यो खेल बिहान पौने १२ बजे किर्गिस्तानमा हुनेछ ।यस्तै नेपालले १६ गते बहराइनसँग, २२ गते ओमनसँग खेल्नेछ ।

यस्तै १० वटा समूहबाट विजेता र उत्कृष्ट ६ उपविजेता इन्डोनेशियामा हुने १९ वर्षमुनिको एसिया कपमा छनौट हुने छन् । अर्पण कार्की कप्तान रहेको टोलीमा गएको महिना भुटानमा भएको १८ वर्षमुनिको साफ च्याम्पियनसिपको उपाधि जित्ने अधिकांश खेलाडी समावेश छन् ।

नेपाली टोलीका प्रशिक्षक छिरिङ लोप्साङले तयारी राम्रो रहेकाले नतिजा आफूहरुको पक्षमा आउनेमा आशावादी रहेको बताएका छन् ।

२०७४ कात्तिक १४ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: