Thu. Mar 6th, 2025

अल्भारो मोराटोले भने,चेल्सीसँग १० वर्षको सम्झौताका लागि तयार छु

 

१४ कार्तिक ।
अल्भारो मोराटाले आफू चेल्सीमा खुशी रहेको बताएका छन । स्पेनिस क्लब रियल मड्रिडबाट यहि सिजन ६० मिलियन पाउण्डमा चेल्सी आएका मोराटाले आफू लण्डनमा खुशी रहेको बताएका हुन । २५ वर्षे स्ट्राइकर मोराटाले इटालीको एक पत्रिकालाई आफू लण्डनमा एक वर्ष भन्दा लामो समय बस्छु जस्तो नलागेको बताएका थिए ।
च्याम्पियन्स लिग फुटबल अन्तर्गत मंगलबार राति हुने रोमासँगको खेलअघि भएको पत्रकार सम्मेलनमा उनीसँग पत्रकारले यसबारे सोधेका थिए । उनले आफू सन्यासपछि लण्डन बस्न सक्दिन होला भनेको प्रष्ट पारे ।
उनले आफू चेल्सीसँग १० वर्षको सम्झौता पनि गर्न सक्ने बताए । उनले भने ‘म यहाँ निकै खुशी छु, मेरी श्रीमती र म लण्डनमा रमाइरहेका छौं । तर म सन्यास लिनेछु त्यसपछि भने म मेरै देश फर्कन चाहन्छु, मेरै गाउँ फर्किन चाहन्छु जहाँ म जन्मिएँ ।’ स्पेनिस मोराटा चेल्सी आएदेखि अहिलेसम्म १३ खेलमा सात गोल गरेका छन । उनले चेल्सीसँग पाँच वर्षको सम्झौता गरेका छन । उज्यालो अनलाईनबाट
२०७४ कात्र्तिक १४ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: