Fri. Jan 31st, 2025

विद्युत् खरिद सम्झौता नवीकरण

११ कार्तिक,काठमाण्डौ ।
नेपाल विद्युत् प्राधिकरणले भारतको विद्युत् व्यापार निगम (एनभिभिएन)सँग विद्युत् खरिद सम्झौता नवीकरण गरेको छ । नवीकरण सम्झौतामा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र एनभिभिएनका प्रमुख कार्यकारी अधिकृत अरुणकुमार गर्गले हस्ताक्षर गरेका छन् ।

भारतको राजधानी नयाँ दिल्ली पुगेको प्राधिकरणको उच्च नेतृत्व र निगमका अधिकारीबीच उक्त सम्झौता नवीकरण भएको हो । पछिल्लो पटक नवीकरण गरिएको उक्त सम्झौता आगामी पुस १६ गतेसम्म कायम रहनेछ । त्यसपछि पुनः अर्को सम्झौता गर्ने प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले जानकारी दिए ।

ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनबाट सो सम्झौताअनुसार १६० मेगावाट विद्युत् आयात गरिनेछ । उक्त विद्युत् प्रतियुनिट रु ५.७७ मा आयात हुनेछ ।

२०७४ कार्तिक ११ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: