Thu. Feb 27th, 2025

किसानबाट किनेको मकै किसानलाई नै बिक्रि

images
धादिङ । जिल्ला कृषि विकास कार्यलय धादिङले किसानहरुबाट किनेको मकैको बिउ सुपथ मुल्यमा किसानहरुलाई नै बिक्रि गरिरहेको छ ।

किसानहरुबाट ६० रुपैयामा किनेको मकैको बीउ कृषि कार्यलय धादिङले १५ रुपैयामा बिक्रि गरेको हो । खेतबारीमा मकै लगाउने समयमा महङगो मुल्य तिर्नु पर्ने बाध्यतालाई कम गर्न सस्तो मुल्यमा मकै विक्रि गरेको जिल्ला कृषि विकास कार्यलय धादिङका प्रमुख महेन्द्रराज कौडालले जानकारी दिनुभयो ।

रामपुर कम्पोजिट र मनकामना पिन नामको दुई जातको बीउ किसानहरुबाट ७५ प्रतिशत छुटमा किनेर बिक्रि गरिएको हो । धादिङको नीलकण्ठ २ मा रहेको श्रमजीवी कृषि सहकारी, नीलकण्ठ २ मा रहेको जलकन्या कृषि सहकारी, नीलकण्ठ १२ मा रहेको रनदेवी कृषि सहकारी र नीलकण्ठ ८ मा रहेको गणेश हिमाल कृषि सहकारीहरु मार्फत मकैको बीउ किनेको हो ।

नीलकण्ठ नगरपालिका सहित खाल्टे, ज्यामरुङ, मैदी, सल्यानटार, त्रिपुरेश्वर, मूलपानी, फूलखर्क, कटुञ्जे गाँउ विकास समितिहरुका किसानहरुलाई बिक्रि गरिरहेको जिल्ला कृषि विकास कार्यलय धादिङले जानकारी दिएको छ ।

About The Author

अन्य समाचारहरु: