Mon. Nov 25th, 2024

चार दिनमा विमानस्थल खुलेपछि चहलपहल बढ्यो

TIA-1

काठमाडौं । चार दिनदेखि अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएसँगै यात्रुहरुको भिड लागेको छ । विमानस्थल सुचारु भएलगत्तै अन्तर्राष्ट्रिय उडान(अवतरण सुरु भइसकेको छ ।

शनिवार राति विमानस्थलमा नेपाल एयरलाइन्स, ओमन एयर, चाइना इष्टर्न, इत्तिहाद, फ्लाई दुबई लगायतका एयरलाइन्सको बोर्डिङ पास भइरहेको थियो । बोर्डिङ पास लिने ठाउँमा भेटिएका यात्रुहरुमा खुशीको सिमा थिएन् ।

अधिकांश एयरलाइन्सले राति उडान गर्ने जानकारी दिएपछि यात्रुहरुको भिड बढेको बताइएको छ ।

चाररपाँच दिन कुरेर गन्तव्यमा पुग्न पाएकोमा अत्यन्त खुशी लागेको सुनसरीका कुशेस्वर चौधरीले बताए । उनी कतारको दोहा जान मंगलबारदेखि काठमाडौंमा बसिरहेका थिए ।

विमानस्थल कार्यालयका अनुसार राति नेपाल एयरलाइन्सले दिल्ली र दोहा उडान गर्‍यो ।

About The Author

अन्य समाचारहरु: