Fri. Mar 14th, 2025

चीनमा ‘स्मार्ट रेल’, न ड्राइभर न त फलामे ट्रयाक (भिडियोसहित)

८ कात्तिक,  धादिङ –

चीनले स्मार्ट प्रविधिमा आधारित रेल सेवा शुरु गरेको छ । फलामे ट्रयाक बिनाको रेल सेवामा बस र रेलको विशेषता समावेश छन् । जुन सडकमा कोरिएको सेतो धर्कामै ‘स्मार्ट प्रविधि’ मार्फत गुडाउन सकिन्छ त्यो पनि चालकबिना नै ।

चिनियाँ कम्पनी सिआरसिसीले बनाएको यस्तो ‘स्मार्ट रेल’ ३ सय यात्रु राखेर ७० किलोमिटर प्रतिघण्टाको गतिमा कुद्न सक्दछ । यसका लागि ट्रयाक नै नचाहिने भने होइन । यसमा ट्रयाक नियन्त्रण गर्ने भर्चुअल प्रविधि प्रयोग गरिएको छ ।

सेन्सरको सहायताले यसले आफ्नो ट्रयाक पहिचान गर्ने गर्दछ । यसको सिस्टमलाई एआरटी अर्थात अटोनोमस रेल र्यापिड ट्रान्जिट भनिन्छ ।

२०७४ कात्तिक ८ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: