Mon. Mar 10th, 2025

२४ औं मुख्यसचिव बने लोकदर्शन रेग्मी

६ कात्तिक धादिङ –

 

सरकारले लोकदर्शन रेग्मीलाई मुख्यसचिव नियुक्त गरेको छ । मन्त्रिपरिषद्को भर्खरै सम्पन्न बैठकले गृह सचिव रेग्मीलाई मुख्य सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।

मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीले उमेर हदका कारण अनिवार्य अवकास पाएपछि रेग्मी २४ औं मुख्यसचिव बनेका हुन् ।

तत्कालीन मुख्यसचिव सोमलाल सुवेदी एसियाली विकास बैंकमा जागिर खान राजीनामा दिएर हिँडेपछि क्षेत्री २९ असारमा मुख्य सचिव बनेका थिए । ५८ वर्षे उमेर हदका कारण उनले मंसिर ७ गते (भोलि)अनिवार्य अवकाश पाउँदै छन् ।

रेग्मीसँगै ङइन्द्रप्रसाद उपाध्याय र शंकर अधिकारी मुख्यसचिवको प्रतिष्पर्धामा थिए । तर, वरियताक्रममा तेस्रो स्थानमा रहेका रेग्मीले बाजी मारे ।

मुख्यसचिवको आकांक्षी तीनै सचिव २०७० साउन ६ गते सचिवमा बढुवा भएका थिए । वरियताक्रममा उपाध्याय पहिलो, अधिकारी दोस्रो र रेग्मी तेस्रो स्थानमा छन् ।

२०७४ कात्तिक ५ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: