
६ कात्तिक, धादिङ –
आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि धादिङमा प्रमुख तीनै दलका अध्यक्षहरुले उम्मेदवारी दर्ता गराएका छन् ।
नेकपा एमालेका अध्यक्ष भुमी त्रिपाठी धादिङ क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा, नेपाली काँग्रेसका सभापति रमेश धमला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं २ को प्रदेश सभा ख बाट र नेकपा माओवादी केन्द्रका अध्यक्ष शालिकराम जमकट्टेल प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश ख बाट उम्मेदवार दिएका छन् ।
धादिङमा बामगठबन्धनका तर्फबाट नेकपा एमाले र माओवादी केन्द्र, लोकतान्त्रिक गठबन्धनबाट नेपाली काँग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा, नयाँ शक्ति बार्टी र केही साना दलहरुबाट उम्मेदवारी दर्ता गराएका छन् ।
२०७४ कात्तिक ६ गते प्रकाशित