

३१ असोज, धादिङ –
धुनीबेसी गोल्डकपको उपाधि धुनिबेसी बच्छलादेबीले हात पारेको छ ।
धादिङको धुनीबेसी नगरपालिका वडा नं ५ स्थित खेलमैदानमा भएको फाइनल खेलमा धुनीबेसी ७ लिखुलाई ३–० गोल अन्तरले पराजित गर्दै उपाधि हात पार्न सफल भएको हो । विजेता टिमले नगद एक लाख सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । भने उपविजेता टिमले नगद पचास हजार शिल्ड मेड्ल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
धुनिबेशी युवा क्लब र बृशेस्वर युवा क्लबको संयुक्त आयोजना तथा धादिङ जिल्ला फुटबल संघ र खेलकुद विकास समितिको सहयोगमा प्रतियोगीताको आयोजना गरिएको थियो ।
त्यस्तै वेस्ट प्लेयर धुनीबेसी ७ लिखुका अर्जुन तामाङ, वेस्ट किपर धुनीबेसी बच्छलादेबीका राजु नगरकोटी, वेष्ट फरवार्ड बाईरोड युवा क्लबका रोसन तामाङ , वेस्ट मिड फिल्ड ह्याप्पी नेपाल कलंकीका राज पौडेल र वेस्ट कोच धुनीबेसी ७ लिखुका अजय तामाङलाई पनि शिल्डसहित पुरस्कृत गरिएको प्रतियोगीताका संयोजक दिनेश रुपाखेतीले जानकारी दिए ।
प्रतियोगीतामा देशभरका २८ वटा टिम सहभागी रहेको थियो । समापन कार्यक्रममा नेकपा एमालेका नेता राजेन्द्रप्रसाद पाण्डेको प्रमुख आतिथ्यता रहेको थियो ।
२०७४ असोज ३१ गते प्रकाशित