Wed. Nov 27th, 2024

अण्डा खान मान्दैनन युवतीः कारण यस्तो रहेछ

 

२९ असोज, काठमाण्डौ ।
कुखुराको अण्डा पोषण्को प्रमुख स्रोत हो । अण्डामा स्वास्थ्यका लागि आवश्यक प्रोटिन, कार्बोहाइड्रेड र बोसो हुन्छ । शरीरलाई हित गर्ने पोशक तत्व भएपनि अण्डा खान युवतीहरुले रुची नदिने चिकित्सकहरुले बताएका छन ।

खास गरेर १७ देखि २५ उमेरसम्मका युवतीले अण्डा खान रुची नदिने देखिएको छ ।कसै कसैका आमाबाबुले हामीलाई समेत लौन डाक्टर साप छोरीलाई अण्डा खाँदा हुने फाइदा बताइदिनुप¥र्यो भन्नुहुन्छ ।

निकै प्रष्टसँग फाइदाका बारेमा कुरा राखेपछि एकाध बल्ल तयार हुन्छन । नेपाल स्वास्थ्य अनुसन्धान परिषदको उपाध्यक्षसमेत रहेका चिकित्सक डा. भोजराज अधिकारीले भने ।

डा. अधिकारीले भने, यो उमेरका युवायुवतीलाई अण्डाले झन निकै फाइदा गर्छ । तर मोटाइन्छ भन्ने त्रासले उनीहरु अण्डा खाँदैनन।विश्व अण्डा दिवसका दिन भरतपुर (चितवन)मा आयोजना भएको कार्यक्रममा उनीहरुले यस्तो अनुभव सुनाएका हुन ।
नागरिक दैनीकबाट ।
२०७४ असोज २९ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: