
२७ असोज, काठमाडौं ।
विश्व क्रिकेट लिग च्याम्पियनपसिपमा हङकङले दिएको १९५ रनको लक्ष्य पछ्याएको नेपालले चौथो विकेट गुमाएको छ ।
कप्तान पारस खड्का २६ रनमा पभेलियन फर्किएका छन् । त्यसअघि चौथोनम्बरका ब्याट्सम्यान यू १९ टोलीका कप्तान दिपेन्द्र सिंह ऐरी ३ रनको व्यक्तिगत स्कोरमा आउट भएका थिए । १६.३ ओभरमा इशान खानको बलमा उनी आउट हुन पुगे । नेपालले ५६ रन बनाएको छ ।
यसअघि ओपनर सागर पुनलाई ३ रनमा गुमाएको नेपालले दोस्रो विकेटका रुपमा अर्का ओपनर ज्ञानेन्द्र मल्ललाई २१ रनको व्यक्तिगत स्कोरमा गुमाएको थियो
ओभरमा टिमको स्कोर ४६ रन हुँदा अइजाज खानको बलमा मल्ल क्याच आउट भए ।
यसअघि ओपनर सागर पुनले मात्र ३ रन बनाउन सके । तान्वीर अफजलको बलमा इशान खानको हातबाट सागर क्याच आउट हुन पुगे ।
अहिले पाँचौं ब्याट्सम्यानको रुपमा क्रिजमा आरिफ शेख आएका छन् । कप्तान पारस खड्का २५ रन बनाएर खेलिरहेका छन् ।
२०७४ असोज २७ गते प्रकाशित