Wed. Nov 27th, 2024

विश्व मानसिक स्वास्थ्य दिवस, धादिङमा पनि मनाइदैँ

२४ असोज,  धादिङ –

विश्व मानसिक स्वास्थ्य दिवस विभिन्न कार्यक्रमको आयोजना गरि मनाइँदैछ ।

‘कार्यस्थलमा मानसिक स्वास्थ्य’ भन्ने नाराका साथ मंगलबार धादिङबेसीमा विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । दिवसको अवसरमा जिल्ला स्वास्थ्य कार्यालय धादिङ तथा विभिन्न संघसंस्थाहरुको आयोजनामा बिहान धादिङबेसीको पुछारबजारबाट र्याली निकालिएको थियो ।

र्याली बजार परिक्रमा गरि जिल्ला अस्पतालको प्राङगणमा गएर टुङिगएको थियो । दिवसको अवसरमा मानसिक स्वास्थ्य सम्बन्धी अन्र्तक्रिया तथा छलफल कार्यक्रमको आयोजना समेत गरिएको छ । साथै मानसिक स्वास्थ्य सम्वन्धि कचहरी नाटक समेत देखाइएको थियो ।

मानसिक स्वास्थ्इ दिवस सन् १९९२ मा विश्व मानसिक स्वास्थ्य महासंघले पहिलो पटक मनाएको थियो । त्यसपछि विश्व स्वास्थ्य संगठनको आह्वानमा हरेक वर्षको अक्टोबर १० तारिखमा मानसिक स्वास्थ्य दिवस मनाउन थालिएको हो । विश्वमा ४५ करोड मानिस कुनै न कुनै किसिमले मानसिक समस्यामा रहेको विश्व स्वास्थ्य संगठनको तथ्याङ्क छ । संगठनका अनुसार हरेक चारजना मध्य एकजनामा कुनै न कुनै प्रकारको मानसिक स्वास्थ्य समस्या हुने गरेको छ ।

सामान्य कुरामा पनि तनाव लिँदा भविष्यमा मानसिक रोग लाग्ने भएकाले तनावमुक्त रहन मनोविमर्शकर्ताले सुझाव छ । आफ्नो दैनिकीमा आएको परिवर्तनले असर गर्न थाले मानसिक रोगको संभावना उच्च हुने मनोचिकित्सक ऋषभ कोइरालाले बताए । उनका अनुसार चिन्ता, तनाव, एङजाइटी, डिप्रेशन, फोबिया लगायतका समस्याले मानसिक रोग उत्पन्न हुन्छ ।

यी समस्या पहिलो चरणमा भए मनोपरामर्शले निको हुने, दोस्रो चरणमा भए डाक्टरको सल्लाहमा केही समय औषधि खाए पुग्ने र तेस्रो चरणमा भए लामो समय औषधि खाँदा मानसिक रोक निको हुने डा। कोइरालाले बताए । एक्लै बस्न मन लाग्ने, रुन मन लाग्ने, कराउने, चिच्याउने, पढ्न मन नलाग्ने जस्ता व्यवहार परिवर्तन हुनु यी समस्याका लक्षण हुन् ।

२०७४ असोज २४ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: