Fri. Mar 7th, 2025

धुनवेशी गोल्ड कप फुटवल प्रतियोगता अन्तरगत आज तीन खेल हुदै

२२ असोज, धादिङ ।

धादिङको धुनवेशी नगरपालिका वडा नम्बर ५ धार्केमा सन्चालन भएको धुनवेशी गोल्ड कप फुटवल प्रतियोगत अन्तरगत आज तीन वटा खेल हुने आयोजकले जानकारी दिएको छ । शनिवार भएको उद्घाटन खेलमा धुनवेशी आयोजक ए लाई तीन गोल अन्तरले हराउदै न्यु स्टार एकेडेमी महादेवेशीले बिजयी सुरुवात गरेको छ ।
आजको पहिलो खेल बाहीरोट युथ क्लब र रोयल ब्रदर्श बीच भईरहेको छ भने दिउसो १ बजे चालिसे युथ क्लब र प्याराडाईज युथ क्लब बीच दोस्रो खेल हुनेछ यसैगरी तेस्रो खेल दिउँसो ३ बजे दिपज्योती युवा क्लब र पुराननाडा युथ क्लब बीच हुने धुनवेशी गोल्ड कप आयोजक कमिटिका संयोजक दिनेश रुपाखेतीले जानकारी दिएका छन् । २८ वटा क्लबको सहभागीता रहेको प्रतियोगता असोज ३१ गते सम्म सन्चालन हुने छ ।
प्रतियोगताको बिजेताले १ लाख र उप बिजेताले ५० हजार नगद शिल्ड, मेडल र प्रमाणपत्र पाउने छन् । धुनवेशी नगरपालिकाको सहयोग र धुनवेशी गोल्ड कप आयोजक कमिटिको आयोजनामा प्रतियोगता सन्चालन भएको हो ।
२०७४ असोज २२ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: