२२ असोज।
शनिबार राति भएको खेलमा जाम्बियालाई १–० ले हराउँदै नाइजेरियाले विश्वकप २०१८ मा स्थान बनाएको छ । नाइजेरिया अफ्रिकाबाट २०१८ को विश्वकपको यात्रा तय गर्ने पहिलो टिम बनेको छ ।
सब्स्टिच्यूटका रुपमा मैदान प्रवेश गरेका आर्सेनल स्टार एलेक्स इओबीले ७३ औँ मिनेटमा गोल गर्दै नाइजेरियालाई विश्वकपमा र्पुयाएका हुन । विश्वकपमा छनौट हुन नाइजेरियालाई एक जित मात्रै चाहिएको थियो ।
विश्वकपको अफ्रिका अन्तर्गतको छनौट खेलमा समूह ‘बि’ मा रहेका नाइजेरिया समूह विजेता बन्दै अर्को वर्ष रसियामा हुने विश्वकप खेल्ने भएको हो ।
२०७४ असोज २२ गते प्रकाशित