Mon. Mar 10th, 2025

एमाले धादिङद्धारा उम्मेदवारको नाम सिफारिस


१९ असोज,  धादिङ –

नेकपा एमाले धादिङले आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गरेको छ ।

प्रतिनिधि सभा क्षेत्र नं २ मा एमाले बैकल्पिक केन्द्रिय सदस्य खेम लोहनी, प्रदेश सदस्य गुरु प्रसाद बुर्लाकोटी, जिल्ला कमिटि सदस्य बेद बहादुर खाँण, जिल्ला कमिटि सदस्य भरत ढुङ्गाना, लक्ष्मी श्रेष्ठ र देवेन्द्र अधिकारीको नाम सिफारिस गरिएको छ ।

प्रतिनिधि सभा क्षेत्र नं १ अन्र्तगत प्रदेश सभा क्षेत्र नं क मा नेत्र पौडेल, कुमार पाण्डे, केदार खतिवडा, रामराज पाण्डे, सुरेश आचार्य, उद्धव लुइटेल, दिनेश रुपाखेती, देवकी पौडेल प्रतिनिधि सभा क्षेत्र नं १ अन्र्तगत प्रदेश सभा क्षेत्र नं ख मा शीव कडेल, मीनराज कडेल देवप्रसाद त्रिपाठी र लक्ष्मण शर्माको नाम सिफारिस गरिएको क्षेत्रिय समितिले जानकारी दिएको छ ।

प्रतिनिधि सभा क्षेत्र नं २ अन्र्तगत प्रदेश सभा क्षेत्र नं क मा डा. रामकुमार अधिकारी, पार्वती खाँण, खेम पाठक, धर्म अर्याल, राजेन्द्र सापकोटा रहेका छन् । प्रतिनिधि सभा क्षेत्र नं २ अन्र्तगत प्रदेश सभा क्षेत्र नं ख मा इन्द्रबहादुर श्रेष्ठ, फुरबहादुर तामाङ,नारायणबहादुर कार्की, बाबुकृष्ण श्रेष्ठ, गोपीप्रसाद पाण्डे, लीलाबहादुर खड्का, इन्दिरा ढुङगाना, गोपाल गुरुङ, उमेश थापा, भरतबहादुर खत्री र धनबहादुर घलेको नाम सिफारिस गरिरएको प्रदेश नं २ क्षेत्रिय कमिटिले जानकारी दिएको छ ।

क्षेत्रिय समितिको बैठकले प्रतिनिधि सभा र प्रदेशसभाका लागि नामावली जिल्ला कार्य समितिलाई सिफारिस गरेको हो । जिल्ला कार्य समितिले क्षेत्रिय समितिबाट सिफारिस भइ आएको नामावलीलाई शुक्रबार जिल्ला कमिटिको बैठक पछि केन्द्रमा पठाइने नेकपा एमाले धादिङले जानकारी दिए । प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिकको नाम पनि शुक्रबार नै सिफारि गर्ने बुझिएको छ ।

यो समाचार तयार गर्दा धादिङ जिल्ला प्रतिनिधि सभा क्षेत्र नं १ को बैठक जारी रहेको छ । प्रत्यक्ष तर्फको नाम सिफारिस हुन सकेको छैन ।

२०७४ असोज १९ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: