
आश्विन १६, वर्दिया
स्थानीय दुई समुदायवीच भएको झडपले उग्ररुप लिएपछि स्थानीय प्रशासनले बर्दियाको गुलरिया नगरपालिकास्थित लालपुर क्षेत्रमा कर्फ्यु लगाएको छ ।
आज बिहानैदेखि स्थानीय दुईपक्षबीच भएको झडपलाई नियन्त्रणमा लिन स्थानीय प्रशासनले लालपुर क्षेत्रमा कर्फ्यु जारी गरेको हो ।
बर्दियाको गुलरिया नगरपालिका ११ मा हिजो दिउँसो दुर्गाको मूर्ति र मोहर्रमको ताजिया सेलाउने क्रममा दुई पक्षबीच झडप भएको थियो ।
सोही विषयलाई लिएर आज बिहानैदेखि दुवै समूहले प्रदर्शन गरेका थिए । आज बिहानदेखि स्थिति तनावग्रस्त भएपछि प्रहरीले केही सेल अश्रु ग्यास र हवाइ फायर समेत गरेको डिएसपी युवराज खड्काले वताए ।
स्थिति नियन्त्रणमा ल्याउनको लागि अर्को सूचना जारी नगरेसम्म कर्फ्यु लगाइएको छ । अहिले गुलरिया नेपालगञ्ज सडकखण्ड समेत बन्द छ ।
२०७४ असोज १६ गते प्रकाशित