
१४ असोज, धादिङ –
संघीय मामिला तथा कानुनमन्त्री दिलमान पाख्रिनले सरकारले युवालाई स्वदेशमै रोजगारीको वातावरण सिर्जना गनुपर्नेमा जोड दिएका छन् ।
शुक्रबार सल्यानटारमा सल्यानटार युनाईडेट सोसाइटीले आयोजना गरेको बृहत् साँस्कृतिक कार्यक्रममा बोल्दै उनले नेपाली युवाहरू विदेशीने क्रम बढ्दै गएको बताउँदै सरकारले नै युवाहरूलाई रोजगारीको वातावरण बनाउँनुपर्ने बताएका हुन् । उनले नेपालमा संविधान बनेपछि देशमा शान्ति छाएको भन्दै अब हुने निर्वाचनलाई सबैले सफल बनाउनुपर्ने पनि बताए ।
त्यस्तैगरी त्रिपुरासुन्दरी गाउँपालिकाकी उपप्रमुख देवी बुर्लाकोटीले पनि युवाले नै सडक र सत्ता परिवर्तन गराउन ठूलो भूमिका खेल्ने बताउँदै युवा शक्तिलाई सरकारले उचित व्यवस्था गर्नुपर्ने बताइन् ।
कार्यक्रममा हास्यकलाकार द्वय अर्जुन घिमिरे (पाडे ) र कुमार कट्टेल जिक्रीको उपस्थितिले रौनक छाएको थियो । कार्यक्रममा गाउँपालिकाका प्रमुख तथा उपप्रमुख एव् सम्पूर्ण वडाअक्ष्यलाई सम्मान गरिएको थियो ।
२०७४ असोज १४ गते प्रकाशित