Mon. Mar 10th, 2025

पार्टीका दुई मन्त्री फिर्ता बोलाउने तयारीमा गच्छदार

१० असोज, काठमाडौं ।

लोकतान्त्रिक फोरमले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जितेन्द्र देव र भूमिसुधार तथा व्यवस्थामन्त्री डा.गोपाल दहितलाई सरकारबाट फिर्ता बोलाउने भएको छ । कार्यसम्पादन समिति बैठकमा मन्त्रीद्वयले गरेको भूमिका सन्तोषजनक नभएको आवाज उठेपछि पार्टीले उनीहरुलाई दशैंलगत्तै फिर्ता बोलाउने तयारी गरेको छ ।
बैठकमा अधिकांश नेताहरुले मन्त्री हेरफेर गर्न माग गरेका थिए । त्यसपछि उपप्रधानमन्त्री तथा संघीय मामिला तथा स्थानीय विकास मन्त्रीसमेत रहेका पार्टी अध्यक्ष विजयकुमार गच्छदारले मन्त्रीद्वय देव र दहितलाई दशैंलगत्तै फिर्ता बोलाउने जानकारी गराएका थिए । पार्टी उपाध्यक्ष रामजनम चौधरीले देव र दहितलाई दशैंलगत्तै मन्त्रीबाट फिर्ता बोलाइने बताए ।
नयाँ पत्रिका दैनिकबाट ।
२०७४ असोज १० गते प्रकाशित

About The Author

अन्य समाचारहरु: