Mon. Mar 10th, 2025

आन्तरिक गुटबन्धिका कारण कांग्रेस पछि प¥यो : नेता सिंह


९ असोज, धादिङ –

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी प्रजातान्त्रिक मूल्य र मान्यताबाट चल्न नसकेको बताएका छन् । नेता सिंहले पार्टी विधिसम्मत नचल्दाको असर स्थानीय चुनावमा परेको बताए ।

नेपाली कांग्रेस जिल्ला कार्य समिति धादिङले दशैं, तिहार र छठ पर्वको अवसरमा सोमबार धादिङवेसीमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेता सिंहले ‘पार्टी विधिसम्मत र नियमसम्मत ढंगले चल्न नसक्दा स्थानीय तहको निर्वाचनमा पराजय भोग्नुपरेको बताए ।’ उनले भने, ‘नेपाली काँङग्रेस भित्रको गुटवन्धीले नै स्थानिय तहको निर्वाचनमा नेपाली कांग्रेस पहिलो पार्टी बन्न सकेन, कमजोरी आफ्नै पार्टी भित्र भएकोले हार वेहोर्नु प¥यो ।’ अव हुने प्रतिनिधीसभा र प्रादेशिक चुनावमा नेपाली कांग्रेस पहिलो पार्टी वन्ने समेत नेता सिंहले बताए ।

पूर्व महामन्त्री समेत रहेका सिंहले आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सबै क्षेत्रमा कांग्रेसलाई जिताउने गरी लाग्न कार्यकर्ताहरुलाई निर्देशन दिए । सम्वृद्धि र विकास आगामी चुनावका एजेण्डा बन्नुपर्ने नेता सिंहको भनाई छ । ‘कांग्रेसको सरकारका पालामा निर्माण भएको संविधानअनुरुप प्रतिनिधि र प्रदेश सभाको निर्वाचन हुन लागेको छ अब कांग्रेसले सम्वृद्धिको नारा लिएर आम मतदातासमक्ष जानुपर्छ,’ उनले भने ।

निर्वाचनमा राम्रो नतिजा आए जस लिने र नराम्रो नतिजा आए फलानोले गर्दा त हो नी भनेर अरुलाई दोष थुपार्दै उम्कन नमिल्ने बताए । अबको प्रदेश चुनावमा विकास निर्माणका कार्य, प्रचारप्रसारका कार्यमा जनतालाई आश्वास्त पार्न कार्यकर्ताहरुलाई निदेशन दिए ।

कार्यक्रममा न्याय तथा संसदिय मामिला राज्यमन्त्री दिलमान पाख्रीन, नेपाली काङगे्रस धादिङका पुर्व सांसद रामनाथ अधिकारी, निलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुङगाना लगाएत अन्य नेताहरुले विजय दशमी तथा शुभ दिपावलीको अवसरमा शुभकामना व्यक्त गरेका थिए । नेपाली कांग्रेसका सभापति रमेश धमलाको सभापतित्वमा भएको कार्यक्रममा धादिङ जिल्लाका नेपाली काङग्रेसका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेका थिए ।

 

२०७४ असोज ९ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: