
९ असोज, धादिङ –
नेपाल तेक्वान्दो संघ जिल्ला कार्यसमिति धादिङको अध्यक्षमा रमेशमान तुलाधर चयन भएका छन् ।
धादिङको धुनीबेसी नगरपालिका स्थित धार्केमा सोमबार भएको दोस्रो जिल्ला अधिवेशनले तुलाधरको नेतुत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा अमृत तामाङ, सचिवमा रविन्द्र भुजेल, कोषाध्यक्षमा प्रदिप गिरी, सहकोषाध्यक्षमा दिनेश थापा मगर र सदस्यहरुमा दिलिप रेग्मी, कृष्ण भुजेल, डेनिड बिक सन्जिव भुजेल र गणेश कुमार श्रेष्ठ चयन भएका छन् ।
चयन भएका कार्यसमितिका पदाधिकारीलाई नेपाल तेक्वान्दो संघका उपाध्यक्ष हरिश्वर पोखरेलले प्रमाणपत्र तथा सपथ खुवाएका थिए ।
कार्यक्रममा धुनिबेशी नगरपालिकाको प्रमुख बालकृष्ण आचार्य, नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा धुनिबेशी नगर कमिटी ईन्चार्ज रामराजा पाण्डे र केन्द्रिय कृषि तथा भुमिसुधार विभागका सदस्य कुमार पाण्डे लगायतको उपस्थिति रहेको थियो ।
२०७४ असोज ९ गते प्रकाशित