९ असोज, धादिङ –
त्रिपुरासुन्दरी गाउँपालिकाका २ र गंगाजमुना गाउँपालिकाका ४ विद्यालयका बालक्लबले प्रकाशन गसुरु गरेको भित्तेपत्रिकामा किशोर किशोरी प्रजनन्अधिकारको विषय समेट्न सुरु गरेका छन् ।
किशोराअवस्थामा स्वास्थ्यका विषयवस्तु, किशोर किशोरीको प्रजनन् स्वास्थय, स्वास्थ्य अधिकार, बालअधिकार, कथा कविता चित्र र अन्य जानकारीहरु समेटिनएकोले भित्तेपत्रिकाले किशोरअवस्थाका मानिसहरुलाई भरपुर फाइदा पुग्ने छ ।
कोसोक नेपालले युएमएनसंगको साझेदारीमा संचालित सामुदायिक स्वास्थ्य कार्यक्रम अन्तरगत बालक्लबहरुलाई भित्तेपत्रिका प्रकाशन सम्बन्धी तालिम दिएपछि विद्यार्थीहरुले प्रकाशन सुरु गरेका हुन् ।
बुढाथुमका संचालित तालिममा ६ विद्यालयका विद्यार्थी र एक एक जना शिक्षकहरु सहभागि तालिममा बालअधिकार, किशोर किशोरी प्रजनन् अधिकार, बालअधिकार, भित्तेपत्रिका प्रकाशन सम्बन्धी विषयमा व्यवहारिक सीप प्रदान गरिएको कोसोक नेपालका शान्ति तामाङले जानकारी दिए ।
२०७४ असोज ९ गते प्रकाशित