Fri. Mar 7th, 2025

धादिङको सल्यानटारमा क्रिकेट प्रतियोगिता सुरु

९ असोज,  धादिङ –

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका स्थित सल्यानटारमा आइतबारदेखि क्रिकेट प्रतियोगिता सुरु भएको छ ।

सल्यानटार युनाईटेड क्लबको आयोजनामा त्रिपुरासुन्दरी स्तरीय क्रिकेट प्रतियोगीताको आयोजना गरिएको हो । प्रतियोगीतामा ८ वटा टिम रहेका छन् ।

सल्यानटार युनाईटेड क्लबले दशैंलाई लक्षित गरी यही असोज १३ गते (महानवमी)का दिन सल्यानटारमा बृहत सांस्कृतिक कार्यक्रम पनि गर्दै छन् ।

 

२०७४ असोज ९ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: