१९ फागुन धादिङ । धादिङका ८५ प्रतिशत किसानहरुले तरकारी बालीमा विषादी प्रयोग गर्ने गरेको एक अध्ययनले देखाएको छ । किसानहरुले उत्पादन गरेको तरकारी बाली बेच्नका लागि ८९ प्रतिशत र बाँकी ११ प्रतिशत आफैले खानका लागि गरी छुट्टाछुट्टै रुपमा उत्पादन गने गरेको पाइएको छ ।
विषादीको प्रयोगका बारेमा उपभोक्ताहरुलाई सचेतना गराउन आयोजित कार्यक्रममा किसानहरुले जैविक विषादी भन्दा पनि रासायनिक विषादीहरुको बढी प्रयोग गर्ने गरेको पाइएको छ । दैनिक ४१० मेट्रिकटन विषादी आयात हुने नेपालमा सबैभन्दा बढी ८५ प्रतिशत तरकारीमा र १५ प्रतिशत अन्य बालीहरुमा प्रयोग हुने गरेको छ । बढी उत्पादन हुन थालेपछि किसानहरु जैविक विषादी छाडेर रासायनिक विषादी प्रयोग गर्न थालेको हुन् । हाल नेपालमा १ सय १७ प्रकारका विषादीहरु दर्ता भई १५ प्रकारका विषादीहरु बन्द भैसकेको छ ।
भारत चिन र अन्य देशहरुबाट सन् १९५० बाट नेपालमा विषादीको प्रयोग सुरु भए पनि अहिले सम्म विषादी प्रयोगको अन्त्य गर्न नसकेको बाली संरक्षण निर्देशनालय हरिहर भवन ललितपुरका बाली संरक्षण निर्देशक डिल्लीराम शर्माको भनाई छ । किसानहरुले बाली उत्पादनका लागि रासायनिक विषादीको अनियन्त्रित प्रयोग गर्न थालेपछि बाली संरक्षण निर्देशनालयले देशभरी नै किसानहरुलाई यस्ता कार्यक्रम मार्फत सजग गराएका छन् ।
कार्यक्रममा बाली संरक्षण निर्देशनालय हरिहर भवन ललितपुरका बाली संरक्षण निर्देशक डिल्लीराम शर्माले विषदी भनेको के हो ?, विषादीको प्रयोग किन गरिन्छ, विषादीको प्रयोग बाट स्वास्थ्य मानिसमा पर्न जाने समस्याहरु, असरहरु, विषादीहरु कसरी मानिसको शरीमा प्रवेश गर्छ, विषादी प्रयोग गर्दा किसानहरुले अपनाउनु पर्ने विधीहरु, जस्ता विषय बस्तुहरुको बारेमा सहभागीहरुलाई जानकारी गराउनु भएको थियो । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी नन्द्रलाल शर्मा, जिल्ला कृषि विकास कार्यालयका बरिष्ठ कृषि विकास अधिकृत महेन्द्र राज कौडाल, जिल्ला पशु सेवा कार्यालय धादिङका बरिष्ठ पशु अधिकृत देवेन्द्र भगवत, लगायत विभिन्न राजनीतिक दलका पार्टीहरु प्रतिनिधिहरु लगायतको सहभागिता रहेको थियो ।