Fri. Mar 7th, 2025

नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा, सिंगापुर ७ विकेटले पराजित


२९ भदौ, धादिङ –

नेपाल एसिसी यू–१९ एशिया कप छनौट प्रतियोगिताको समूह विजेता बन्दै सेमिफाईनलमा प्रवेश गरेको छ । समूहको बिहिबार भएको अन्तिम खेलमा सिंगापुरलाई ७ विकेटले पराजित गर्दै नेपाल समूह विजेताको रुपमा सेमिफाईनल प्रवेश गरेको हो ।

मलेसियाको क्लब अमनमा भएको खेलमा सिंगापुरले दिएको ६८ रनको लक्ष्य नेपालले १३.४ ओभरमा ३ विकेट गुमाउँदै पुरा गर्‍यो । नेपालका लागि ओपनर सन्दिप सुनारले २०, अनिल कुमार शाहले १८ र मोहमद असिफ शेखले रनको योगदान दिए । सुमित महर्जन १० र सुन्दिप जोरा ७ रनमा नटआउट रहे । सिंगापुरका अभि दिक्क्षितले २ र अन्स भरगाभाले एक विकेट लिए ।

यस अघि टस जितेर पहिले व्याटिङ गरेको सिंगापुरले २८।३ ओभरमा सबै विकेट गुमाउँदै ६७ रनको योगफल तयार पारेको थियो । उसका लागि अभि दिक्क्षितले २६, सिद्धान्तले २३, हन्सुल दिपले २२ र आर्यमान सुनिलले २१ रनको योगदान दिए । सिंगापुरको व्याटिङ लाईनलाई धरासय बनाउने क्रममा नेपालका पवन सर्राफ एक्लैले ६ विकेट लिए । ८ ओभर बलिङ गरेका पवनले १२ रन मात्रै खर्चिए । यस्तै किशोर महतोले २, सन्दिप लामिछाने र दिपेन्द्रसिंह ऐरीले समान एक–एक विकेट लिए ।

 

२०७४ भदौ २९ गते प्रकाशित

 

About The Author

अन्य समाचारहरु: