
२९ भदौ, धादिङ –
च्याम्पियन्स लिगको नयाँ सिजनमा इंग्लिस क्लब म्यानचेस्टर सिटीले विजयी सुरुवात गरेको छ ।
समूह ‘एफ’ अन्तर्गत बुधबार राति भएको खेलमा इंग्लिस क्लब म्यानचेस्टर सिटीले पनि जित निकालेको हो । म्यानचेस्टर सिटीले अवे मैदानमा भएको खेलमा डच क्लब फाइनोर्डलाई ४–० ले हरायो । सिटीको जितमा जोन स्टोनले दुई तथा सर्जियो अग्युरो र गाब्रिएल जिससले एक एक गोल गरे ।स्टोनले दोस्रो मिनेटमा नै गोल गर्दै सिटीलाई सुरुवाति अग्रता दिलाए । १० औं मिनेटमा अग्युरोले अग्रता दोब्बर पारे ।
२५ औं मिनेटमा जिससले गोल गरेपछि पहिलो हाफमा सिटीले ३–० को अग्रता लियो । ६३ औं मिनेटमा स्टोनले व्यक्तिगत दोस्रो गोल गरेपछि सिटीले ४–० को जित निकाल्यो । सिटी जितपछि तीन अंकसहित समूहको शीर्ष स्थानमा छ ।
२०७४ भदौ २९ गते प्रकाशित