१९ फागुन, धादिङ । जिल्ला स्तरीय खाद्यन्न बाली सम्बन्धी तालिममा सिकेका कुराहरुलाई व्यावसायीक रुपमा लगानी गर्ने किसानहरुले बताएका छन् ।
जिल्ला कृषि विकास कार्यलय धादिङले अगुवा कृषकहरुलाई लक्षित गर्दै सञ्चालन गरेको तालिममा किसानहरुले उत्पादन गरेका खाद्यन्न बालीहरुलाई व्यावसायीक रुपमा खेती गर्न सहज हुने भन्दै तालिमको आयोजना गरेको होे ।
फागुन १७ गतेदेखि १९ गतेसम्म सञ्चालन गरेको तालिमको सोमबार समापन गरिएको छ । समापन कार्यक्रममा तालिममा सहभागी किसानहरुलाई प्रमाणपत्र प्रदान गर्नुहुदै जिल्ला कृषि विकास कार्यलय धादिङका प्रमुख महेन्द्रराज कौडालले तालिम पश्चात धान तथा मकैको बीउ उत्पादन कार्यक्रमका बारेमा किसानहरुले थाहा पाउने, मकै खेती प्रविधि, बीउको प्रमाणिकरण विधिका बारेमा थाहा पाउने बताउनुभयो ।
खाद्यन्न बाली अन्र्तगत मकै र धान खेतीका बारेमा धादिङ जिल्लाभरका १८ जना किसानहरुलाई तालिम दिइएको हो । तालिममा धादिङको नीलकण्ठ नगरपालिका सहित त्रिपुरेश्वर, वैरेनी, तसर्पु, मैदी, सेर्तुङ लगायतका गाँउ विकास समितिका किसानहरुको सहभागीता रहेको थियो । तालिममा धान र मकै खेती गर्ने तरिकाहरु, समस्याहरु, बीउ उत्पादन प्रविधिका विषयमा जानकारी गराइएको थियो । घर परिवारमा आफूहरुले मात्र खानका लागि लगाइने मकै, धान जस्ता खाद्यन्न बालीलाई तालिम पश्चात व्यावसायीक रुपमा नै खेती गर्न सहज तुल्याउने धादिङ तसर्पु –२ का किसान शान्ति अर्यालको भनाई छ ।
जिल्ला कृषि विकास कार्यलय धादिङले किसानहरुलाई लक्षित गर्दै विभिन्न समयमा तालिमहरु सञ्चालन गर्दै आईरहेको छ ।