Thu. Mar 6th, 2025

ग्रामिण यातायात सहकारी संस्थाको अध्यक्षमा श्रेष्ठ निर्वाचित


२४ भदौे, धादिङ ।

ग्रामिण यातायात सहकारी संस्था लि. धादिङको नवौँ बार्षिक साधरणसभा तथा चौथो अधिवेशनबाट अध्यक्षमा हरि श्रेष्ठ निर्वाचित भएका छन् ।

शुक्रबार सम्पन्न भएको अधिवेशनले ११ सदस्यीय कार्यसमिती निर्वाचित गरेका छन् । जस अन्तर्गत अध्यक्षमा हरि श्रेष्ठ, उपाध्यक्षमा ईश्वर धरेल, महासचिवमा उमेश कुमार श्रेष्ठ, सचिवमा प्रमोद पोखरेल र कोषाध्यक्षमा बद्री सुवेदी निर्वाचित भएका छन् । संस्थाले चयन गरेको कार्यसमिति सदस्यहरुमा राम बहादुर थापा, प्रेम भट्ट, सरोज रिजाल, भेषराज रिजाल, अर्जुन साप्कोटा र अमृतजंघ भण्डारी रहेका छन् । अधिवेशनले चन्द्र बहादुर लम्सालसहित ३ सदस्यीय लेखा समिती चयन गरेको हो ।

 

२०७४ भदौ २४ गते प्रकाशित

 

About The Author

अन्य समाचारहरु: