

२२ भदौ, धादिङ –
धादिङको धुनीबेसी नगरपालिकामा हुन लागेको प्रथम धुनीबेसी गोल्डकप खुल्ला फुटबल प्रतियोगीताको तयारी तीब्र पारिएको छ ।
धुनिबेशी युवा क्लब र बृशेस्वर युवा क्लबको संयुक्त आयोजना तथा धादिङ जिल्ला फुटबल संघ र खेलकुद विकास समितिको सहयोगमा आगामी असोज ३ गतेदेखि १० गतेसम्म प्रतियोगीता संचालन गर्ने जनाएको छ ।
धादिङ जिल्लामा रहेका खेल प्रतिभाको पहिचान र खेलाडीको स्तर उन्नति गर्नेको उदेश्य सहित धुनिबेशी नगर पालिकामा फुटबल एकेडेमी निमार्णका लागि सहयोगार्थ प्रतियोगीताको आयोजना गरिएको हो ।
धुनीबेसी नगरपालिका वडा नं ५ स्थित खेलमैदानमा हुने प्रतियोगीताका लागि नाम दर्र्ता गराउनका लागि आयोजकले आह्वान गरेको छ ।
प्रतियोगीतामा विजेताले नगद एक लाख शिल्ड, मेडल र प्रमाणपत्र र उपविजेताले हुनेलाई नगद पचास हजार शिल्ड मेड्ल र प्रमाणपत्र प्रदान गरिने प्रतियोगीताका संयोजक दिनेश रुपाखेतीले जानकारी दिए ।
त्यस्तै वेस्ट प्लेयर, वेस्ट किपर, वेष्ट फरवार्ड, वेस्ट मिड फिल्ड, वेस्ट डिफेन्डर, हाई स्कोरर र वेस्ट कोचलाई पनि पुरस्कृत गर्ने आयोजक समितिले जानकारी दिएको छ ।
२०७४ भदौ २२ गते प्रकाशित