Sat. Mar 15th, 2025

अर्मा आँधीः फ्रान्सको आइल्याण्डमा ठूलो क्षति

 

भदौ २२ –

समुद्री आँधी अर्माका कारण क्यारेवियन क्षेत्रमा रहेको फ्रान्सको भूमिमा ठूलो क्षति पुगेको छ । क्यारेवियन क्षेत्रमा रहेको फ्रान्सेली आइल्याण्ड सेन्ट मार्टिन र सेन्ट बार्टसमा ठूलो मात्रामा भौतिक क्षति भएको फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले बताएका छन् ।
आँधीका कारण त्यस क्षेत्रमा कम्तिमा दुई जनाको ज्यान गएको र अरु दुई जना गम्भीर घाइते भएको फ्रान्स सरकारले जनाएको छ । आँधाले बार्बुडा र एन्टिगुवका ९० प्रतिशत भवनमा क्षति पु¥याएको छ ।
क्याटेगोरी फाइभको आँधी अहिले नर्दन भिर्जिन आइल्याण्ड तर्फ गएको छ । क्याटेगोरी फाइभ आँधी सबैभन्दा बढी क्षति गर्ने आँधी हो । अर्मा आँधीका कारण क्यारेवियन क्षेत्रमा ठूलो क्षति भएको छ ।
२०७४ भदौ २२ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: