Thu. Mar 6th, 2025

नेपाल ताजकिस्तानसँग २-१ ले पराजित


२० भदौ, धादिङ –

एसिया कप फुटबल २०१९ को छनौटमा नेपाल ताजकिस्तानसँग २–१ गोल अन्तरले पराजित भएको छ ।

एन्फा मैदान सातदोबाटोमा भएको खेलको २४ औँ मिनेटमा ताजकिस्तानले गोल गरेर अग्रता लिएको थियो । ताजकिस्तानले २९ औँ मिनेटमा दोस्रो गोल गरेको हो । पहिलो हाफको अन्त्यतिर नवयुग श्रेष्ठको स्थानमा मैदान छिरेका बिमल घर्तीमगरले ६१ औँ मिनेटमा गोल गरेर अग्रता घटाएका थिए । त्यसपछि पाएका राम्रा अवसर नेपालले सदुपयोग गर्न सकेन र खेल २–१ ले गुमायो ।

नेपाली टोलीले सन् २०१६ को नोभेम्बर यता कुनै पनि खेल जितेको छैन । नेपालले पछिल्लो पटक सन् २०१६ को नोभेम्बर १५ मा एएफसी सोलिडारिटी कपको फाइनलमा मकाउलाई १–० ले हराएको थियो । त्यसपछि नेपाली टोलीले जित निकाल्न सकेको छैन ।

२०७४ भदौ २० गते प्रकाशित

About The Author

अन्य समाचारहरु: