Sat. Mar 1st, 2025

चेल्सीलार्इ लिग कप फुटबलको उपाधि

chelsea_league_cup_winner_273208934

काठमाडौं  । चेल्सीले इङ्लिस लिग कपको उपाधि उचालेको छ । गयराति वेम्ब्ली रंगशालामा भएको फाइनल खेलमा लण्डनको शहरी प्रतिद्वन्दी टोटन्ह्याम हटस्परलार्इ २(० गोलअन्तरले हराउँदै चेल्सीले लिग कपको उपाधि उचालेको हो ।

चेल्सीलाई उपाधि दिलाउने क्रममा कप्तान जोन टेरीले खेलको पहिलो हाफमा गोल गरे। त्यस्तै अर्को गोल टोटन्ह्यामका केल वाल्करको नाममा रह्यो । चेल्सीका डिएगो कोष्टाले प्रहार गरेको बल उनलार्इ लाग्दै जाली चुमेको थियो ।

रियाल मड्रिड छाडेर चेल्सी आएका प्रशिक्षक जोजे मौरीन्होले चेल्सीलार्इ पहिलो उपाधि दिलाउन सफल भएका हुन् । प्रिमियर लिगको शीर्ष स्थानमा रहेको चेल्सीले यो सिजनमा पहिलो उपाधि उचालेको हो ।  अन्नपूर्ण अनलाइनबाट

About The Author

अन्य समाचारहरु: