Sun. Mar 16th, 2025

उत्तर कोरियाले बनायो ‘हाइड्रोजन बम’

१८ भदौ,  धादिङ –

 

 

उत्तर कोरियाले फेरि एक परमाणु बम बनाएको दाबी गरेको छ ।

उत्तर कोरियाको सरकारी समाचार संस्था केसिएनएका अनुसार बमको निरीक्षण उत्तर कोरियाली नेता किम जोंग उनले गरिसकेको जनाएको छ । समाचार संस्थाका अनुसार उत्तर कोरियाले बनाएको बम हाइड्रोजन बम हो ।

उत्तर कोरियाली नेता उनले परमाणु हतियार विकासका लागि वैज्ञाननिकहरुलाई निर्देशन समेत दिएको जनाइएको छ । उत्तर कोरियाले आफूले बनाएको भनेको हाइड्रोन बमको भने पुष्टि भइसकेको छैन ।

 

२०७४ भदौ १८ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: