Fri. Jan 31st, 2025

बूढीगण्डकी आयोजनाको काम रोकिएको विरोधमा प्रदर्शन

१७ भदौ,  काठमाडौँ –

बूढीगण्डकी जलविद्युत आयोजनाको काम रोकिएको विरोधमा काठमाडौंमा प्रदर्शन गरिएको छ ।

गएको असार मसान्तदेखि मुआब्जा वितरण लगायत बूढीगण्डकी जलविद्युत आयोजनाका सबै काम रोकिएको विरोधमा प्रभावित क्षेत्रका वासिन्दाले प्रदर्शन गरेका हुन् ज्ञद्धद्दछज्ञद्ध। रोकिएको मुआब्जा वितरण सुरु गर्नुपर्ने, बजार क्षेत्रको मुआब्जा निर्धारण गर्नुपर्ने, घर गोठ र बोटविरुवाको लगत संकलन गर्नुपर्ने लगायत माग राखेर उनीहरुले नाराबाजी र प्रदर्शन गरेका हुन्।

आयोजनाको डुवान क्षेत्रमा पर्ने गोरखा र धादिङका वासिन्दाले आयोजनाको काम तत्काल अघि बढाउ, डुवान क्षेत्रका भूकम्प पीडितको अनुदान रकम देउ, बुढीगण्डकी आयोजनाको विषयमा राजनीति नगर लगायत नारा लगाएका थिए। बुढीगण्डकी आयोजना वातावरण, मुआब्जा वितरण, पुनर्बास र पुनर्स्थापना इकाइ र उर्जा मन्त्रालयबीचको विवादका कारण डुवान क्षेत्रका वासिन्दालाई पीडत बनाइएको बुढीगण्डकी आयोजना राष्ट्रिय सरोकार समितिका संयोजक हरेराम ढकालले बताए।

२०७४ भदौ १७ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: