Tue. Nov 26th, 2024

त्रिशुली नदिमा बालुवा झिकेर घरखर्च टार्दै मजदुर (भिडियो सहित)

१५ भदौ, धादिङ –

छिनमै टन्टालापुर घाम, छिनमै बर्षा । खाली खुट्टा नै पिठ्युमा भारी बोकेर दिन वित्छ मजदुरको । नदी र खोलाहरुमा मेसिनको प्रंयोग गर्न स्थानीय प्रशासनले रोक लगाएको छ । तैपनि त्रिशुली नदिमा हेलिएर बालुवा निकाल्नु मजदुरको दैनिकि नै बनेको छ । छाक छार्ने प¥यो, बालबच्चालाई शिक्षा दिनै प¥यो ।

धादिङको गल्छी गाउँपालिका स्थित बेल्खु खोला आसपासका खोलाबाट बालुवा झिकि दैनिक दिनाचार्य बिताउने गरेका छन् । बिहानदेखि बेलुकासम्म काम गरेपनि उनीहरुको दैनिकीमा कुनै परिर्बतन हुन सकेको छैन । दैनिक सात सयदेखि एक हजारसम्म आम्दानी गर्ने बालुवा मजदुरहरु लाई परिवार पाल्न समेत धौ धौ परेको छ । त्रिशुली नदीमा बाढी आएको समयमा दिनभरी बालुवा निकाल्दा एक हजारसम्म आम्दानी गर्न सकिने मजदुरको भनाई छ ।

नदीमा एक्साभेटर जेसिवि मेसिनको प्रयोग गरी त्रिशुली नदीबाट बालुवा निकाल्दा मजदुर आफुहरुले काम नपाउने भएका कारण नदीमा बाढी आएको समयमा पानीमा हेलीएर काम गर्दापनि जीवन धान्न कठिन छ । यसले उनीहरुको पेशा नै खतरामा परेको छ । अहिले हजारौ मजदुहरु नदीमा बालुवा निकाल्ने काममा संलग्न छन् । वर्षको ३ महिना त्रिशुली नदिमा काम गरेर ६ महिनालाई धान्ने गर्दछ ।

दैनिक जसो एउटा समुहले ३ ट्रकसम्म बालुवा निकाल्ने गर्दछन् स्थानीय निकायले कर लगाएका कारण र बालुवामा ठेकेदारहरुको मिलेमहतोका कारण हिजोआज मजदुरहरुले निकालेको बालुवा विक्रि नभई गोदाममा नै थुप्रिएर बसेको छ । बालुवा निकाल्नका लागि सातदेखि दश जनासम्म मजदुरहरुले समुह बनाएर काम गरिरहेका छन् । त्रिशुली नदिमा बालुवा निकाल्न धादिङ लगायत जाजरकोट बर्दिया खोटाङ उदयपुर मकवानपुर लगायतका जिल्लाका मजदुर छन् ।

रिर्पोट अनिता शाक्यबाट

२०७४ भदौ १५ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: