Thu. Mar 6th, 2025

बंगलादेशलाई हराउँदै नेपाल यू-१५ साफको फाइनलमा

९ भदौ, धादिङ – 

नेपाल साफ यू- १५ फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार भएको समिफाइनलमा नेपालले बंगलादेशलाई ४- २ गोल अन्तरले हराएको छ । अब उपाधिका लागि भारतसँग खेल्नेछ ।

नेपाले एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलको पहिलो हाफमा दुई गोल गर्‍यो । ५ औं मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाएका आकास बुढामगरले ३० मिनेटमा दोस्रो गोल गरे ।

६४ औं मिनेटमा बंगदादेशले आत्मघाती गोल गर्‍यो । तर, ७२ र ७३ औं मिनेटमा लगातार गोल गर्दै खेलमा फर्किने संकेत देखायो । तर, नेपालले अर्को गोल गर्दै ४-२ को जित निकाल्न सफल भएको छ ।

 

२०७४ भदौ  ९ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: