Sun. Mar 16th, 2025

कतारमा घरेलु कामदारसम्बन्धी नयाँ कानुन जारी

९ भदौ, काठमाडौं –

कतारले घरेलु कामदारका थप सुरक्षा र अधिकार प्रत्याभूति गर्न नयाँ कानुन जारी गरेको छ। नयाँ कानुनले नेपालले घरेलु कामदारको सुरक्षा लागि तयार गरेको घरेलु कामदार निर्देशिकाका अधिकांश विषयलाई सम्बोधन गरेको छ।

कतारका अमिर सेख तमिम विन हमाद अल–थानीले मंगलबार ‘घरेलु कामदारको कानुन नम्बर १५–२०१७’ लालमोहर लगाई जारी गरेका हुन्। यो कानुनले घरेलु कामदारका रुपमा पुरुष र महिला दुवैलाई सम्बोधन गरेको छ।

नयाँ कानुनमा घरेलु कामदारलाई वर्षमा तीन साताको उपदान दिनुपर्ने, सातामा एक दिन बिदा दिनुपर्ने र बिदामा काममा लगाउन नपाउने, बस्ने सुरक्षित आवास दिनुपर्ने, महिना समाप्त भएको तीन दिनभित्र बैंकबाट तलव दिनुपर्ने वा तलव दिएको रसिद दिनुपर्ने, कामदारलाई राम्रो व्यवहार गर्नुपर्ने, लत्ताकपडा र औषधिउपचारको सुविधा दिनुपर्ने उल्लेख छ।

नयाँ कानुन जारी भएपछि उँटको हेरचाह, खेतीकिसानी गर्ने, घरको ड्राइभर, घरमा खाना पकाउने र हेराली, र बगैँचामा काम गर्ने नेपालीसहित विदेशी कामदार लाभान्वित हुने भएका छन्। कान्तिपुर दैनिकबाट

२०७४ भदौ ९ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: