८ भदौ, काठमाडौं –
शिक्षक सेवा आयोगले अस्थायी शिक्षककका लागि तय गरेको परीक्षा मिति चौथो पटक पनि सरेपछि शिक्षकहरु आक्रोशित भएका छन् ।
पछिल्लो पटक भदौ १० गते तय गरिएको परीक्षा पनि अनिश्चितकालका लागि स्थगित भएपछि गाउँगाउँबाट परीक्षाका लागि केन्द्रमा आएका शिक्षक आक्रोशित भएका हुन् ।
वर्षापछिको बाढी पहिरोका कारण परीक्षा सबैको अनुकुलमा नरहेको भन्दै प्रधानमन्त्री कार्यालयबाट पत्र आएपछि शिक्षक सेवा आयोगले मंगलबार अनिश्चितकालका लागि परीक्षा सरेको जानकारी दिएको थियो । नयाँ पत्रिका दैनिकबाट
२०७४ भदौ ८ गते प्रकाशित