

७ भदौ धादिङ –
प्रधानमन्त्री शेरबहादुर देउवा भारतको पाँचदिने राजकीय भ्रमणमा नयाँ दिल्ली प्रस्थान गरेका छन् । ।
४८ सदस्यीय टोलीको नेतृत्व गर्दै देउवा नेपाल वायुसेवा निगमको उडानमार्फत बुधबार बिहान १० बजे त्यसतर्फ प्रस्थान गरेका हुन् ।
भारतीय समकक्षी नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा देउवा भारत भ्रमणमा निस्केका हुन् । देउवाको यो भ्रमण प्रधानमन्त्री भएपछिको पहिलो हो ।
भ्रमण दलमा परराष्ट्रमन्त्रीसहित विभिन्न मन्त्रालयका सचिव, वरिष्ठ अधिकृत व्यवसायी तथा सञ्चारकर्मीको सहभागिता रहेको छ ।
भारत प्रस्थान गर्नुअघि देउवालाई बिदाइ गर्न सभामुख ओनसरी घर्ती, सरकारका मन्त्री, सरकारी अधिकारीहरुलगायत विमानस्थल पुगेका थिए ।
२०७४ भदौ ७ गते प्रकाशित