Thu. Mar 6th, 2025

साफ च्याम्पियनसिप आजदेखी सुरु, पहिलो खेलमा बंगलादेश र श्रीलंका भिड्दै

 

२ भदौ, काठमाण्डौं ।

पन्ध्र वर्षमुनिको साफ च्याम्पियनसिप अन्तर्गत शुक्रबार सातदोबाटोको एन्फा कम्प्लेक्समा समूह ‘ए’का बंगलादेश र श्रीलंकाबिच खेल हुँदैछ ।

अखिल नेपाल फुटबल संघ एन्फाले बिहीबार गरेको पत्रकार सम्मेलनमा नेपाली टोलीका प्रशिक्षक सुनिल श्रेष्ठले घरेलु मैदानमा हुन लागेको प्रतियोगितामा आफ्नो टोली विजयी हुने विश्वास व्यक्त गरे ।
प्रशिक्षक श्रेष्ठले अरु टोलीभन्दा भारत बलियो भएको बताउँदै उनीहरुलाई हराएर सेमिफाइनल हुँदै फाइनलमा पुग्ने लक्ष्य रहेको बताए ।
समूह ‘बी’मा रहेको नेपालले आफ्नो पहिलो खेल शनिबार माल्दिभ्ससँग खेल्नेछ । नेपालको समूहमा माल्दिभ्स र भारत छन । त्यस्तै समूह ‘ए’मा बंगलादेश, भुटान र श्रीलंका छन । दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।
गएको वर्ष पहिलो संस्करण यु–१६ च्याम्पियनसिप भएपछि एएफसीले यस पटकदेखि यु–१५ च्याम्पियनसिपको आयोजना गरेको हो ।
२०७४ भदौ २ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: