Mon. Mar 10th, 2025

चीनका उपप्रधानमन्त्री नेपाल भ्रमण सकेर स्वदेश फिर्ता

१ भदौँ, काठमाडौं –

चीनका उपप्रधानमन्त्री वाङ याङ नेपालको चार दिने औपचारिक भ्रमण पूरा गरी बिहीबार स्वदेश फर्किएका छन् । बिहीबार बिहान विशेष विमानबाट उहाँ चीनको राजधानी बेइजिङ फर्किएका हुन् ।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराले बिदाइ गरेका हुन् । उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गएको सोमबार उनी काठमाडौं आएका थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग उनले बेग्लाबेग्लै भेटवार्ता गरेका थिए ।

 

२०७४ भदौ १ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: