
२९ साउन, धादिङ –
मलेसियामा हुने एसीसी यू-१९ एसिया कप छनोटका लागि नेपालको प्रारम्भीक टोलीको घोषणा भएको छ ।
मुख्य प्रशिक्षक जगत टमाटा र यू-१९ प्रशिक्षक विनोद दासले २८ सदस्यीय टोली सार्वजनिक गरेका हुन् । टोलीमा सन्दिप लामिछाने, अनिलकुमार साह, किशोर महतो, दिपेन्द्र सिंह ऐरी, सन्दिप सुनार, ललित राजवंशी, प्रकाश केसी, पवन सरार्फ, रोहितकुमार पौडेल, रिजन ढकाल र प्रनित थापा मगर छन् ।
यस्तै शाहब आलम, अदिल खान, आसिफ शेख, विक्रमकुमार भुसाल, सन्दिप जोरा, रासिद खान, सुसान्त सिंह थापा, नारद यादव, कमल सिंह ऐरी पनि टोलीमा छन् ।
यस्तै सुुमित महर्जन, जितेन्द्र सिंह ठकुरी, मिनास थापा, अंकित सुवेदी, हरि चौहान, अभिनास कर्ण, भिम सार्की र रविन्द्र जंग शाही पनि टोलीमा परेका छन् ।
खेल सेप्टेम्बर ८ देखि १७ सम्म हुनेछ ।
२०७४ साउन २९ गते प्रकाशित