Sat. Mar 1st, 2025

तेस्रो सुन्दरादेवी सन्देश म्युजिक अवार्ड धादिङवेसीमा

२५ साउन, धादिङ–

तेस्रो ससुन्दरादेवी सन्देश म्यूजिक अवार्ड २०७४ धादिङवेसीमा हुने भएको छ ।

सुन्दरादेवी सन्देश साप्ताहिक नुवाकोटको आयोजनामा साउन २७ गते धादिङवेसीको ओम शान्ती चलचित्र मन्दिर शान्ताबजारमा म्यूजिक अवार्ड कार्यक्रम हुन लागिएको हो ।

कार्यक्रममा पव्लिक च्वईस अवार्ड, एसएमएस भोटिङ अवार्ड, जुरी अवार्ड, पपुलर अवार्ड आदि गरी २७ विधामा अवार्ड वितरण गरिने छ । राष्ट्रिय स्तरको चर्चित कलाकरहरुको उपस्थित हुने कार्यक्रममा शम्भुजित बास्कोटालाई लाइफ टाइम अवार्ड दिईने भएको छ ।

बुधबार पत्रकार सम्मेलन गर्दै सुन्दरादेवी सन्देश साप्ताहिकका कार्यकारी सम्पादक किरण अधिकारीले लोकदोहोरी तर्फ शब्द, लय, गायक/गायिका, छायांकन र मोडललाई अवार्ड दिईने बताए ।

 

२०७४ साउन २५ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: