Sat. Mar 15th, 2025

चीनमा भूकम्प, १३ जनाको मृत्यु

२५ साउन धादिङ –

 

चीनको सिचुवान प्रान्तमा ७ म्याग्निच्युडको भूकम्प गएको चिनियाँ भूकम्प मापन केन्द्र (सिइएनसी)ले जनाएको छ । भूकम्पका परेर १३ जनाको ज्यान गएको छ । १ सय ७५ जना घाइते भएका छन् ।

ज्यान जानेमा ६ जना विदेशी पर्यटक रहेको रोयटर्सले जनाएको छ । स्थानीय समय अनुसार मंगलबार राति ९ बजेर १५ मिनेट जाँदा गएको भूकम्पको प्रभाव खासगरी जिउझाइगाओ क्षेत्रमा परेको बताइएको छ ।

भूकम्पको केन्द्रबिन्दु ३३ दशमलव २ डिग्री उत्तरी अक्षांश र १०३ दशमलव २ डिग्री पूर्वी देशान्तरमा २० किलोमिटर गहिराइमा परेको सिइएनसीले जनाएको छ । यही ठाउँमा सन् २००८ को मे महिनामा भूकम्प जाँदा ७० हजार मानिसको ज्यान गएको थियो । अहिले उद्धारमा स्थानीय बासिन्दा र प्रहरीहरु खटिरहेका छन् ।

 

२०७४ साउन २५ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: