Wed. Nov 27th, 2024

सल्यानटारका क्यान्सर पीडितलाई कतारबाट सहयोग


२३ साउन,  धादिङ –

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं १ स्थित सल्यानटारका क्यान्सर पीडित धनकुमारी श्रेष्ठलाई कतारमा रहेका नेपालीहरुले सहयोग गरेका छन् ।

धादिङ सल्यानटार सेवा समाज दोहा कतारले उपचारका लागि नगद १० हजार सहयोग गरेको हो ।  सल्यानटार घर भई कतारमा काम गरिरहेका नेपालीहरुबीच संकलन गरिएको नगद क्यान्सर पीडितको उपचारका सहयोग मिल्ने संस्थाका अध्यक्ष लक्ष्मीकिशोर श्रेष्ठले बताए ।

६७ वर्षीय धनकुमारी १ महिनादेखि उपचारका लागि चितवन स्थित भरतपुर क्यान्सर अस्पतालमा भर्ना भएकी छन् । आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा कठिनाई भएकाले सहयोगका लागि आग्रह गरेकी छन् ।

२०७४ साउन २३ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: