
२२ साउन, धादिङ–
धादिङमा पनि फुटसल खेल्न पाइने भएको छ ।
जिल्लाका खेलप्रेमीहरुलाई ध्यानमा राखेर धादिङको निलकण्ठ नगरपालिका ३ धादिङबेसीमा फुटसल निर्र्माण गरी संचालनमा ल्याएको छ । करिब ७० लाखको लागतमा फुटसल निर्माण गरिएका होे ।
निलकण्ठ नगरपालिकाका प्रमुख भिमप्रसाद ढुङगानाबाट आइतबार औपचारिक रुपमा फुटसलको शुभारम्भ गरिएको छ । राजनैतिक दल र पत्रकारका वीच मैत्रीपूर्ण खेल खेलाइ फुटसलको सुरुवात गरिएको धादिङ फुटसल संचालक टिमले जनाएको छ । फुटसल एकेडेमीमा खेलप्रेमीहरुलाई प्रशिक्षणको समेत व्यवस्था गरिएको छ ।
फुटसल अहिले निकै लोकप्रिय बनिरहेको छ । शहरको विशेषताको रुपमा आजकाल फुटसललाई लिईन्छ ।
२०७४ साउन २२ गते प्रकाशित